नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टी नेपालको एक राजनीतिक दल हो।[३] यो दलको मुख्य प्रभाव कैलाली जिल्लाको थरुहट क्षेत्रमा रहेको छ।[४][५] यस राजनीतिक दलको वर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।

नागरिक उन्मुक्ति पार्टी

नागरिक उन्मुक्ति पार्टी
छोटो रूपनाउपा
अध्यक्षरञ्जिता श्रेष्ठ[१]
संस्थापकरेशम चौधरी
स्थापना२०७८ पुस १९[२]
टुक्रिएकोजनता समाजवादी पार्टी, नेपाल
प्रमुख कार्यालयकाठमाडौँ, नेपाल
विचारधारासामाजिक लोकतन्त्र
थारू अधिकार
राजनीतिक स्थानवामपन्थी
रङहरू         
प्रतिनिधि सभा
४ / २७५
सुदूरपश्चिम प्रदेश सभा
१ / ५३
स्थानीय सरकार
४ / ७५३
नगरप्रमुख/अध्यक्ष
निर्वाचन चिह्न
वेबसाइट
www.nagrikunmuktiparty.org

इतिहास सम्पादन गर्नुहोस्

स्थापना र दर्ता सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीको संयोजकत्वमा यो पार्टी गठन भएको थियो। केही कानुनका कारण उनले पार्टीको अध्यक्षता गर्न सकेनन्, त्यसैले उनकी पत्नीलाई अध्यक्षको रूपमा चयन गरिएको थियो। नेताले भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने नागरिकले दिएको जनादेशलाई बिर्सेर सत्ताकेन्द्रित भएको दाबी गर्दै उनले आफ्नो पूर्वपार्टी जनता समाजवादी पार्टी, नेपाल परित्याग गरि नयाँ दलको स्थापना गरेका थिए।[३]

दलको विस्तार र प्रथम निर्वाचन सम्पादन गर्नुहोस्

थरुहट क्षेत्रमा केही महिनामै पार्टी तीव्र गतिमा विस्तार भएको थियो। स्थानीय तह निर्वाचन, २०७९मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो राजनीतिक दल कैलालीको सबैभन्दा ठूलो दल बनेको थियो।[६] यस पार्टीले थरुहट क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालजनता समाजवादी पार्टी, नेपाललाई आफ्नो परम्परागत मत अवरोध कायम राख्दै पराजित गरेको थियो।[७]

संसदमा उपस्थिति सम्पादन गर्नुहोस्

सङ्घीय संसद सम्पादन गर्नुहोस्

संसदसंसदीय दलको नेतास्थानप्रतिनिधि सभाराष्ट्रिय सभा
नेपालको पहिलो सङ्घीय संसदरेशम चौधरीनवौँ
४ / २७५
० / ५९

प्रदेश सभा सम्पादन गर्नुहोस्

संसदसंसदीय दलको नेतास्थानसिटवर्तमान
सुदूरपश्चिम प्रदेश सभाकृष्ण चौधरीपाँचौँ
२ / ५३
प्रतिपक्षमा

प्रतिनिधि सभा सदस्य सम्पादन गर्नुहोस्

दलबाट निर्वाचन सांसदहरू सम्पादन गर्नुहोस्

क्र.संनामनिर्वाचन क्षेत्रप्रदेशबाट निर्वाचित
१.अरुणकुमार चौधरीकैलाली २सुदूरपश्चिम२०७९
२.गङ्गाराम चौधरीकैलाली ३सुदूरपश्चिम
३.लालवीर चौधरीबर्दिया २लुम्बिनी
४.रञ्जिता श्रेष्ठकैलाली १सुदूरपश्चिम

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

स्थानीय तह सम्पादन गर्नुहोस्

निर्वाचननेता(हरू)सिटविजयी स्थानीय तह
नगरप्रमुख/अध्यक्ष+/-
२०७९रञ्जिता श्रेष्ठ
४ / ७५३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "कैलालीमा रेशम चौधरीको पार्टीले टुंग्यायो उम्मेदवार", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  2. "नागरिक उन्मुक्ति पार्टी दर्ता गराउन रेशम चौधरीका समर्थक निर्वाचन आयोगमा", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच १५ मङ्सिर २०७९ 
  3. ३.० ३.१ सेतोपाटी, सेतोपाटी संवाददाता, "रेशम चौधरीको नयाँ दलको नाम 'नागरिक उन्मुक्ति पार्टी', अध्यक्षमा श्रीमती श्रेष्ठ रञ्जिता" 
  4. "'नागरिक उन्मुक्ति पार्टी' दर्ताका लागि रेशम चौधरीकी श्रीमतीद्वारा आवेदन", गोरखापत्र, अन्तिम पहुँच २०२२-०२-०३ 
  5. Republica, "Murder convict Chaudhary set to announce new political party on January 3", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  6. "कैलालीमा नागरिक उन्मुक्ति पार्टी पहिलो", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२२ 
  7. "कैलालीमा नागरिक उन्मुक्ति पार्टीको उदय", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०५-२२ 
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchभानुभक्त आचार्यनेपालका प्रदेशहरूसन्दुक रुइतपशुपतिनाथ मन्दिरदरबार हत्याकाण्डनेपाली शब्दकोशप्रयोगकर्ता:OhanaUnitedगौतम बुद्धSpecial:Searchविश्व वातावरण दिवस२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपालको इतिहासजलवायु परिवर्तननेपालको संविधान २०७२विशेष:RecentChangesपृथ्वीनारायण शाहश्रेणी:Wikipedia how-toलुम्बिनी प्रदेशनेपालको भूगोलकोशी प्रदेशबागमती प्रदेशलोकतन्त्रनेपालनेपालका स्थानीय तहहरूमधेश प्रदेशनेपाली भाषासङ्घीयतागण्डकी प्रदेशनेपाल स्काउटसमाजदोस्रो विश्व युद्धसयौँ थुङ्गा फूलका हामीप्रयोगकर्ता:Cbrown1023लेखा प्रणालीपारिजात (साहित्यकार)