कैलाली जिल्ला

कैलाली जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनगढी रहेको जिल्लाले ३,२३५ वर्ग किलोमिटर (१,२४९ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र जनसङ्ख्या ९११,१५५ (२०७८) छ। कैलाली जिल्लाको पूर्वमा-कर्णाली नदी, बर्दियासुर्खेत, पश्चिममा-कञ्चनपुरडडेलधुरा, उत्तरमा-डोटीडडेलधुरासुर्खेत, दक्षिणमा- मोहना नदी र भारतको उत्तर प्रदेश राज्यहरू रहेका छन्।

कैलाली जिल्ला
घोडाघोडी ताल
कैलाली जिल्लाको अवस्थिति
कैलाली जिल्ला
निर्देशाङ्क: २८°४१′उ॰ ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°E / 28.683; 80.867निर्देशाङ्कहरू: २८°४१′उ॰ ८०°५२′पू॰ / २८.६८३°N ८०.८६७°E / 28.683; 80.867
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
सदरमुकामधनगढी
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, कैलाली
क्षेत्रफल
 • जम्मा३,२३५ किमी (१२४९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९१११५५[१]
 • घनत्व२८१.७/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली  • डोटेली  • थारु
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण सम्पादन गर्नुहोस्

कैलाली जिल्लाको नामाकरण सम्वन्धमा विभिन्न मतहरू रहेका छन्। ती मध्य प्रमुख मतहरू यसप्रकार रहेका छन्। परापूर्व कालमा कैलाली जिल्लामा कालाबन्जारको राज्य थियो र उनीहरूको सदरमुकाम आजको कैलाली नाम गरेको गाउँमा थियो। त्यस ठाउँलाई पहिले कालापानी भन्ने गरिन्थ्यो। पहिलेको समयमा कसैले अपराध गरेको खण्डमा अपराधिहरूलाई यसै ठाउँमा पठाएर सजाए दिने गरिन्थ्यो। माथि कालापानी नामले बग्ने नदी तल आएर खुटिया खोलाको नामले प्रसिध्द्ध छ। सम्भवत यही कारणले पनि शव्दको अपभ्रंस हुँदै गएर यसको नाम कैलाली रहेको हुन सक्छ।प्रधानमन्त्री श्री ३ जङ्गको समयमा कैलाली नयाँ मुलुकको रूपमा नेपाललाई हस्तान्तरण गरिएको थियो।

भूगोल सम्पादन गर्नुहोस्

प्रशासनिक विभाजन सम्पादन गर्नुहोस्

जिल्लामा १३ स्थानीय तह छन्, जसमध्ये एउटा उपमहानगरपालिका, ६ सहरी नगरपालिका र ६ वटा गाउँपालिका छन्।

कैलाली जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
धनगढी उपमहानगरपालिका१९धनगढी१४७,७४१
लम्कीचुहा नगरपालिका१०भल्का९०,९४१
टिकापुर नगरपालिकाटीकापुर७६,०८४
घोडाघोडी नगरपालिका१२सुखड४२,५१५
भजनी नगरपालिकाभजनी त्रिशक्ति३८,१४९
गोदावरी नगरपालिका१२अत्तरिया७८,०१८
गौरीगङ्गा नगरपालिका११चौमाला६४,३२७
जानकी गाउँपालिकादुर्गौली४८,५४०
बर्दगोरिया गाउँपालिकामुडा३२,६८३
मोहन्याल गाउँपालिकाखिमडी२२,०५३
कैलारी गाउँपालिकाकैलारी४७,९८७
जोशीपुर गाउँपालिकाजाेशीपुर३७,१८७
चुरे गाउँपालिकाघरखेडा१८,९२३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथाङ्क विभाग, माघ २०७८, अन्तिम पहुँच १७ चैत २०७९  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०२-०६ मिति