बोरिस येल्तसिन

बोरिस निकोलयभिच येल्तसिन (रुसी: Бори́с Никола́евич Е́льцин, आइपिए: [bɐˈrʲis nʲɪkɐˈlaɪvʲɪtɕ ˈjelʲtsɨn] ( ); १ फेब्रुअरी १९३१ – २३ अप्रिल २००७) सोभियत सङ्घ तथा रूसी राजनीतिज्ञ थिए जसले रूसको पहिलो राष्ट्रपतिको रूपमा सन् १९९१ देखि सन् १९९९ सम्मको पदभार सम्हालेका थिए। रूसी महासङ्घका प्रथम राष्ट्रपति बरिस येल्तसिनलाई केही मानिसहरू रूसमा प्रजातन्त्रको जग बसाल्ने महान मसिहाको रूपमा सम्झने गर्दछन्।

1997

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

बाल्यकाल: सन् १९३१-१९४८ सम्पादन गर्नुहोस्

बोरिस येलतसिनको जन्म सन् १९३१ फेब्रुअरी १ का दिन रूसको बुत्का, तत्कालीन रुसी सोभियत समाजवादी गणराज्यमा भएको थियो। उनको परिवार त्यहाँ कम्तीमा पनि अठारौँ शताब्दी देखि बस्दै आएका थिए।[१][२] उनका पिता, निकोलाई येल्तसिनले उनकी आमासँग सन् १९२८ मा विवाह गरेका थिए।[३] येल्तसिन सधैँ आफ्नो बुबा भन्दा पनि आमा सँग नजिक रहे;[४] उनी आफ्ना पत्नी र छोराछोरी भन्दा पनि आमासँग नै नजिक रहेका थिए।[५]

येल्तसिन (बायाँबाट दोस्रो) बाल्यकालका साथीहरूसँग येल्तसिन

रुसी महासङ्घको राष्ट्रपति सम्पादन गर्नुहोस्

राजिनामा सम्पादन गर्नुहोस्

सन् १९९९ डिसेम्बर ३१ का दिन येल्तसिनले टेलिभिजन मार्फत आफ्नो राजीनामा सम्बोधन गरेका थिए।[६] सम्बोधनमा उनले उनको प्रशासनमा आएको साँस्कृतिक, राजनैतिक र आर्थिक स्वतन्त्रताको प्रशंसा गर्दै रुसी जनतासँग "तिम्रो र मेरो धेरै सपनाहरूलाई पूरा गर्न नसकेको"मा माफी मागेका थिए।[७][८]

राजिनामा दिएपछि पुतिन र अलेक्जेन्डर भोलोसिनको साथमा येल्तसिन

आफ्नो दोस्रो कार्यअवधि बाँकी छँदै उनले तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुतिनलाई राष्ट्रपतिको कार्यभार हस्तान्तरण गरेका थिए।

केही अनुमान अनुसार पद छाड्ने बेलामा उनको लोकप्रियता २% जति निम्न स्तरमा थियो। सर्वेक्षणअनुसार पनि अधिकांश रुसी नागरिकहरू येल्तसिनको राजिनामाबाट खुसी थिए।[९]

बेलाभेजा सन्धी सम्पादन गर्नुहोस्

दायाँ बाट: लियोनिद क्राभ्चुक, सुस्केभिच र बरिस येल्तसिन, बेलाभेजा सन्धीमा हस्ताक्षर गरेपछि

मृत्यु तथा अन्त्येष्टि सम्पादन गर्नुहोस्

येल्तसिनको अन्त्येष्टि

बोरिस येल्तसिनको मृत्यु सन् २००७ अप्रिल २३ का दिन ७६ वर्षको उमेरमा मुटु रोगबाट भएको थियो।[१०][११][१२][१३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Aron 2000, p. 4; Colton 2008, p. 17.
  2. Colton 2008, पृष्ठ 14.
  3. Aron 2000, p. 4; Colton 2008, p. 16.
  4. Colton 2008, पृष्ठ. 35–36.
  5. Colton 2008, पृष्ठ 39.
  6. Colton 2008, पृष्ठ 1.
  7. Colton 2008, पृष्ठ 2.
  8. Sinelschikova, E. (२०१९-१२-३१), "How Boris Yeltsin, Russia’s first president, resigned", Russia Beyond the Headlines, अन्तिम पहुँच २०२०-०१-२९ 
  9. "Public opinion on the Yeltsin years", Russia Votes, अगस्ट १२, २०१५, अन्तिम पहुँच मार्च ७, २०१९ 
  10. "У первого президента не выдержало сердце" (रुसीमा), Komsomolskaya Pravda, २४ अप्रिल २००७, अन्तिम पहुँच २४ अप्रिल २००७ 
  11. "Ельцин умер от остановки сердца" (रुसीमा), Lenta, २३ अप्रिल २००७, अन्तिम पहुँच २४ अप्रिल २००७ 
  12. "Russian ex-president Yeltsin dies", BBC, २३ अप्रिल २००७। 
  13. "Former Russian President Yeltsin dies", Sky News, २३ अप्रिल २००७, मूलबाट २५ अप्रिल २००७-मा सङ्ग्रहित। 
🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार