पेप ग्वार्दिओला

जोसेफ "पेप" ग्वार्दिओला साला (जन्म १८ जनवरी १९७१) प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका वर्तमान प्रशिक्षक हुन्। उनी स्पेन राष्ट्रिय फुटबल टोलीका पूर्व फुटबल खेलाडी पनि थिए। उनले एफसी बार्सिलोनामा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार वर्ष प्रशिक्षकका रूपमा बिताए। उनले बार्सिलोनामा खेलाडीका रूपमा सन् १९९१ देखि सन् १९९४ सम्म लगालग चार ला लिगा जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी लियोनेल मेस्सीलाई सुपरस्टार बनाउने काम ग्वार्दिओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी १९९४ फिफा विश्वकपमा टोलीमा पर्न सफल भएका थिए। उनी सम्मिलित स्पेन फुटबल टोलीले सन् १९९२ को ग्रीष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो।

पेप ग्वार्दिओला
सन् २०१८ मा ग्वार्दिओला
व्यक्तिगत जानकारी
पुरा नामजोसेफ ग्वार्दिओला साला
जन्म मिति (1971-01-18) १८ जनवरी १९७१ (उमेर ५३)
जन्म स्थानसन्तपेडर, स्पेन
उचाइ१.८० मी (५ फिट ११ इन्च)[१]
खेल्ने स्थान(हरू)रक्षात्मक मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी (प्रबन्धक)
युवा करियर
१९८४–१९९०बार्सिलोना
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९८८–१९८९बार्सिलोना सी(१)
१९९०–१९९२बार्सिलोना बी५३(५)
१९९०–२००१बार्सिलोना२६३(६)
२००१–२००२ब्रेसिका११(२)
२००२–२००३रोमा(०)
२००३बेरिस्का१३(१)
२००३–२००५अल अहली(५)
२००५–२००६डोराडस
जम्मा३५२+(२०+)
अन्तर्राष्ट्रिय करियर
१९९१स्पेन यु-२१(०)
१९९१–१०९२स्पेन यु-२३१२(२)
१९९२–२००१स्पेन४७(५)
१९९५–२००५क्याटोलिना(०)
प्रबन्धक करियर
२००७–२००८बार्सिलोना बी
२००८–२०१२बार्सिलोना
२०१३–२०१६बायर्न म्युनिख
२०१६–म्यानचेस्टर सिटी
*क्लब घरेलु लिग उपस्थिति र गोल

पेप ग्वार्दिओला मध्यपङतिबाट खेल्दथे। उनले बार्सिलोनाबाट पहिलो युरोपेली कप तथा लगातार ४ पटक स्पेनी लिग जित्ने टोलीका खेलाडी थिए। सन् १९९७ देखि सन् २००१ सम्म बार्सिलोनाको कप्तानको रूपमा खेले। उनले सन् २००२ देखि १ वर्षको लागि रोमाबाट खेले, सन् २००३ देखि सन् २००५ सम्म कतारी क्लब अल अहली तथा सन् २००५ देखि सन् २००६ सम्म मेकिकन क्लब डोराडसबाट खेलेका थिए। उनले स्पेनी राष्ट्रिय टोलीबाट ४७ खेल खेलेका छन् जसमा १९९४ फिफा विश्वकप२००० युरो कप पनि रहेको छ।

खेलाडी जीवनबाट सन्यास लिएपछि सन् २००७ मा 'बार्सिलोना बि' को प्रशिक्षक भएर काम गरे र सन् २००८ देखि सन् २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक भए र सन् २०१३ देखि सन् २०१६ सम्म बायर्न म्युनिख फुटबल क्लब र सन् २०१६ देखि म्यानचेस्टर सिटीको प्रशिक्षको रूपमा काम गरि रहेका छन्। मुख्यतया उनी प्रशिक्षणमा पोजेसन फुटबल तथा अक्रामक र पेरेसिङ शैलीलाई ध्यान दिने गरेका छन्।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "Pep Guardiola", fcbayern.de, अन्तिम पहुँच १६ मे २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजबागमती प्रदेशनेपालनेपालका प्रदेशहरूनेपालको भूगोलविशेष:Searchलक्ष्मीप्रसाद देवकोटानेपाली भाषानेपाली शब्दकोशलुम्बिनी प्रदेशकोशी प्रदेशमानव विकास सूचकाङ्कपशुपतिनाथ मन्दिरनेपालका स्थानीय तहहरूपूँजीवादपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतकेन्द्रीय बैङ्कनेपालको इतिहासनेपालको संविधान २०७२नेपालको अर्थतन्त्रविप्रेषणनामअर्थशास्त्रनेपालका प्रधानमन्त्रीहरूको सूचीसयौँ थुङ्गा फूलका हामीउखान-टुक्कातामाङ जातिविशेष:RecentChangesदिगो विकाससंयुक्त राष्ट्रSpecial:Searchदोस्रो विश्व युद्धगण्डकी प्रदेशस्थानीय तहनेपाली साहित्यको इतिहासभानुभक्त आचार्यहिमाली प्रदेश (नेपाल)