धमिरा इसोप्ट्रेया वर्गमा पर्ने एक प्रकारको सामाजिक किरा हो । यसको आकार कमिला जत्रै हुन्छ । सेतो धमिरालाई कतैकतै ( विशेष: अष्ट्रेलियामा) सेतो कमिला पनि भन्ने गरिन्छ । धमिरो जमीन मुनी अथवा जमीन माथि काठमा माटो उठाएर आफ्नो घर बनाउछ । जमीन मुनी बस्ने धमिरोले माटोमा कुहेको काठलाई चपाएर धुलो बनाई भकुण्डो जस्तै गोलाकार घर बनाएको हुन्छ । धमिरोले माटो र काठको संपर्क भएको ठाउँमा मात्र आफ्नो घर बनाउछ । हिन्दू धार्मीक ग्रन्थ रामायणका रचायत बाल्मीकी ऋषीले तपष्या गर्दा धमिराले माटो उठाएर ढिस्को बनाएकोले उनको नाम बाल्मीकी रहेको थियो ।[१]

धमिरा
सामयिक शृङ्खला: 228–0 Ma Late Triassic - Recent
लडाकु (रातो टाउको भएका) र कामदार (सेतो टाउको भएका).
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
उपवर्ग:
उपवर्ग:
अधिगण:
गण:
(श्रेणीविहीन):
Termitoidae
Families

Mastotermitidae
Kalotermitidae
Termopsidae
Hodotermitidae
Rhinotermitidae
Serritermitidae
Termitidae

धमिराको गोलो सम्पादन गर्नुहोस्

धमिराको गोलोको भित्री भाग

धमिरा बस्ने घर वा गोलो नै धमिराको गोलो हो। धमिराले आफ्नो गोलोको निर्माण माटो, काठ र पानीको सम्पर्कमा गर्ने गर्दछ। धमिराले विशेसगरि आफ्नो गोलोको निर्माण र विस्तार वर्षायामको अन्त्यमा गर्ने गर्दछ। धमिराको गोलोको निश्चित आकार र स्वरूप हुदैन। धमिराले आफुलाई गोलोमा बस्न, आवतजावत गर्न तथा भण्डार गर्न उतम हुने ठाउँको सिर्जना गर्दा गोलोको आकार ठुलो सानो तथा स्वरूप जस्तो पनि हुन सक्छ। धमिराको गोलो निर्माण गर्ने धमिरा कामदार धमिरा हुन्। कामदार धमिराले नै आफ्नो संख्या अनुसार गोलोको निर्माण तथा विस्तार गर्ने गर्दछ। धमिराको गोलोको बाहिरी भागमा घाम, पानी तथा सत्रुबाट सुरक्षा पाउनक लागि आफू छिर्न सक्ने साना प्वाल बनाइएको हुन्छ।

धमिराको जिवन चक्र सम्पादन गर्नुहोस्

पखेटा निस्केको धमिरा

पुतली,कमिला आदी किराहरू झैं धमिरा पनि एक फुल पार्ने किरा हो । धमिराको फुलबाट लार्भा तथा लार्भाबाट प्युपा बन्छ । प्युपा पछि मात्र परिपक्क धमिरा बन्छ । धमिरा बुढो भएपछि पखेटा निस्केर हावामा उढ्न थाल्छ । पखेटा निस्केर उढ्ने धमिरालाई छिचमिरा, धान पुतली आदि नामले चिनिन्छ । गर्मी याममा पानी नपरेको दिनमा बेलुकी पख माटोबाट निस्किएर पखेटा निस्केका धमिराहरू हावामा उढ्दै गरेका देखिन्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)