गुल्मी जिल्ला

नेपालको एक जिल्ला

गुल्मी जिल्ला लुम्बिनी प्रदेशको एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम तम्घास पर्दछ। पूर्वमा स्याङ्जापर्वत जिल्ला, दक्षिणमा पाल्पाअर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरिएको जिल्ला कफी खेतीका लागि प्रख्यात छ। गुल्मी नेपालमा कफीको प्रचलनमा व्यापक रूपमा परिचित छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।[१]

गुल्मी जिल्ला
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थान
राष्ट्र नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामतम्घास
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गुल्मी
क्षेत्रफल
 • जम्मा१,१४९ किमी (४४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०२१)
 • जम्मा२४६,८३६
 • घनत्व२१०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण सम्पादन गर्नुहोस्

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्त्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।

प्रशासनिक विभाजन सम्पादन गर्नुहोस्

जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र १० गाउँपालिका छन्।

गुल्मी जिल्लाका स्थानीय तहहरू
स्थानीय तहवडा सङ्ख्याकेन्द्रजनसङ्ख्या
रेसुङ्गा नगरपालिका१४तम्घास२८,७३६
मुसिकोट नगरपालिकावामीटक्सार३२, ८०२
मालिका गाउँपालिकाअर्खवाङ्ग२१, ७२९
मदाने गाउँपालिकापुर्कोट दह२१, ८९९
धुर्कोट गाउँपालिकाबर्वोट२२, ४५४
इस्मा गाउँपालिकाइस्मा रजस्थल२०, ९६४
गुल्मीदरबार गाउँपालिकागौँडाकोट२२, ०३७
चन्द्रकोट गाउँपालिकाशान्तिपुर२१, ८२७
कालिगण्डकी गाउँपालिकापुर्तिघाट१८, ८७६
सत्यवती गाउँपालिकाजोहाङ्ग२३, ८०७
छत्रकोट गाउँपालिकाचोयगा२१, ४८१
रुरुक्षेत्र गाउँपालिकाबलेटक्सार२३, १५५

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गुल्मी जिल्ला : एक संक्षिप्त परिचय", लाेकपाटी, अन्तिम पहुँच २०२३-०६-२८