लोक सेवा आयोग (नेपाल)

वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स‌‌.) गते लोक सेवा आयोगको स्थापना भएको हो। यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ।

लोक सेवा आयोग
दरखास्त परिषद्
निकाय विवरण
प्रधान कार्यालयअनामनगर, काठमाडौँ
कर्मचारीहरू१६००[स्रोत नखुलेको]
निकाय कार्यकारी
  • माधव प्रसाद रेग्मी, अध्यक्ष
भगिनी विभागप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
वेबसाइटOfficial Web site

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ। सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ। आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ। आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ।

इतिहास सम्पादन गर्नुहोस्

नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था भएको देखिए तापनि वि.सं. २००८ सालमा भएको प्रजातान्त्रिक व्यवस्थाको सुरूवात पछि लोक सेवा आयोगको खाँचो महसुस भयो। यसै क्रममा नेपालको अन्तरिम शासन विधान, २००७को धारा ३७मा व्यवस्था भए अनुसार वि.सं. २००८ असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रूपमा लोक सेवा आयोगको स्थापना भएको हो ।

काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

नेपालको संविधान, २०७२ बमोजिम लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार निम्न बमोजिम छन :

  1. निजामति सेवाको पदहरूमा नियुक्तिको लागि उपयुक्त उम्मेदवार छनौट गर्न परीक्षाहरू सञ्चालन गर्ने ।
  2. देहायका विषयमा नेपाल सरकारले लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था संविधानमा गरिएको छ ।
    1. निजामति सेवाको शर्त सम्बन्धी कानुनको विषयमा,
    2. निजामति सेवा पदमा नियुक्ति, बढुवा र विभागीय कारवाही गर्दा अपनाउनपु र्ने सिद्धान्तको विषयमा,
    3. निजामति पदमा ६ महिनाभन्दा बढी समयका लागि नियुक्ति गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा ।
    4. कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
    5. आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्नं अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गनर्ने विषयमा ।
    6. कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा
  3. कुनै एक प्रकारको निजामति सेवाको पदबाट अर्को प्रकारको निजामति सेवाको पदमा वा अन्य सरकारी सेवाबाट निजामति सेवामा सरुवा वा बढुवा गर्दा उम्मेदवारको उपयुक्तताको विषयमा,
  4. आयोगको परामर्श लिनु नपर्ने अवस्थाको पदमा बहाल रहेका कर्मचारीलाई आयोगको परामशर् लिनपुर्ने अवस्थाको पदमा स्थायी सरुवा वा बढुवा गर्ने विषयमा ।
  5. कुनै पनि निजामति कर्मचारीलाई दिइने विभागीय सजायको विषयमा ।
  6. आयोगको अन्य काम, कर्तव्य र कार्यविधि संविधानको अधिनमा रही कानुनद्वारा निर्धारण भएबमोजिम हुनेछ ।
  7. प्रत्येक वर्ष लोक सेवा आयोगले आफूले गरेको कामको वार्षिक प्रतिवेदन संसद समक्ष चढाउने छ ।

छनौटको प्रक्रिया सम्पादन गर्नुहोस्

लोक सेवा आयोग कार्यविधि ऐन, २०६६ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ :-

  • क) खुला प्रतियोगितात्मक लिखित परीक्षा,
  • ख) खुला प्रतियोगितात्मक प्रयोगात्मक परीक्षा,
  • ग) छनौट,
  • घ) अन्तर्वार्ता र
  • ङ) आयोगले तोकेका अन्य तरीकाहरु ।

उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा विभिन्न चरणमा हुने छनौट प्रकृयाहरूको बिवरण समेत उल्लेख हुन्छ ।

सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको साप्ताहिक रूपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र काठमाण्डौ उपत्यका दरखास्त सङ्कलन केन्द्रमा विज्ञापित पदको दरखास्त लिइन्छ । साथै राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणी (राजपत्र)को अप्राविधिक तर्फका पदहरूको लागि आयोगका कार्यालयहरु नभएको जिल्लाहरूमा, जिल्ला हुलाक कार्यालयहरूमा समेत दरखास्त बुझाउन पाउने व्यवस्था छ । तर आयोगको केन्द्रीय कार्यालय र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा दरखास्त बुझाउन सकिने व्यवस्था छैन । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा समेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ ।

छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।

उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रूपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही विषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै सङ्केत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट सङ्केत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।

लिखित परीक्षा सञ्चालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरूमा परीक्षा सञ्चालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु सम्माननीय अध्यक्षले तोकेका सम्वन्धित विषयका दक्ष/विशेषज्ञहरूलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरूको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई सम्वन्धित विषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रूपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।

लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित विषयका आवश्यक संख्यामा दक्षहरूको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरूको सूची राख्दै आएको छ । आयोगले उनीहरूलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test को प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।

खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा सञ्चालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउँदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ ।

आवेदन प्रक्रिया सम्पादन गर्नुहोस्

लोक सेवा आयोगले तोकेको मापदण्ड बमोजिम उम्मेरद्वारले विज्ञापन खुले पश्चात सम्बन्धित पदमा दर्खास्त दिन सक्नेछन्।दरखास्त दुइ प्रकारले दिन सकिने छ। जस्मा कार्यालयमा गएर कागजी फारम भरि लाग्ने दस्तुर तिरी दिन सकिने वा अनलाइन मार्फत दर्खास्त दिन यहाँ गएर आफ्नो प्रफाइल बनाएर दिन सकिन्छ। अनलाइन दरखास्त दिएपछि दस्तुर पनि अनलाईन माध्यम वा बैंक भौचर मार्फत भुक्तानी दिन सकिने छ।

निकायको संरचना सम्पादन गर्नुहोस्

नेपालको संबिधानको भाग २३ को धारा २४२ बमोजिम यस निकायमा एकजना अध्यक्ष तथा अन्य चार जना सदस्य राख्न सक्ने ब्यबस्था गरिएको छ । हाल यस सङ्गठनमा पदासिन रहेका सदस्यहरू निम्न रहेका छन् :-

  • श्री उमेश प्रसाद मैनाली, माननीय अध्यक्ष
  • श्रीमति विन्द्रा हाडा भट्टराई, माननीय सदस्य
  • डा गोविन्द प्रसाद कुसुम, माननीय सदस्य
  • श्री श्रीपुरुष ढकाल, माननीय सदस्य
  • श्री व्रह्म देव राय, माननीय सदस्य
  • श्री कृष्ण चन्द्र झा, माननीय सदस्य
  • श्री महेन्द्र प्रसाद गुरागाई, सचिब
  • श्री किरणराज शर्मा, प्रवक्ता (सह-सचिब)
  • श्री देविप्रसाद सुवेदी, सूचना अधिकारी

क्षेत्रीय निदर्शेनालय र अञ्चल कार्यालयहरू सम्पादन गर्नुहोस्

क्षेत्रीय निर्देशनालयहरू सम्पादन गर्नुहोस्

अञ्चल कार्यालयहरू सम्पादन गर्नुहोस्

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

लोक सेवा आयोग
केन्द्रीय कार्यालय
अनामनगर, काठमाडौँ,
पोष्ट बक्स नं. : ८९७९
फोन : ४७७१४८८, ४७७१४८१, ४७७१४९४, ४७७१५२८
फ्याक्स : ४७७१४९०
ईमेल : [email protected]


आधिकारीक वेवसाईट सम्पादन गर्नुहोस्

www.psc.gov.np

प्रमुखहरू सम्पादन गर्नुहोस्

सि.नं.नामसभापति /अध्यक्षदेखिसम्म
सरदार श्री नगेन्द्र मान सिंह प्रधानसभापति२००८ ।३ ।१२०१२ ।७ ।२
बडाकाजी श्री मानिकलाल राजभण्डारीसभापति२०१२ ।७ ।३२०१४ ।६ ।१९
श्री भगवती प्रसाद सिंह, कायम मुकायमसभापति२०१४ ।१० ।१३२०१६ ।३ ।१४
श्री अनिरुद्र प्रसाद सिंहअध्यक्ष२०१६ ।४ ।१२०१७ ।९ ।११
श्री केशर बहादुर के सी[१]अध्यक्ष२०१७ ।९ ।१५२०१७ ।११ ।१९
श्री तारक बहादुर शाहअध्यक्ष२०१७ ।१२ ।२४२०२२ ।१२ ।२३
श्री केशर बहादुर केसीअध्यक्ष२०२२ ।१२ ।२४२०२६ ।१० ।३
श्री डम्बर बहादुर सिंह्अध्यक्ष२०२७ ।२ ।५२०३२ ।८ ।६
सरदार प्रा यदुनाथ खनालअध्यक्ष२०३२ ।८ ।२५२०३४ ।१० ।१६
१०मी सु श्री कृष्ण बम मल्लअध्यक्ष२०३४ ।१० ।२०२०४० ।४ ।१८
११मी सु श्री प्रद्युम्न लाल राज भण्डारीअध्यक्ष२०४० ।८ ।१२०४८ ।४ ।२२
१२श्री सत्य नारायण झाअध्यक्ष२०४६ ।८ ।१२०४८ ।४ ।२२
१३श्री गणेश राज सिंहअध्यक्ष२०४८ ।५ ।७२०५१ ।७ ।३
१४श्री सन्त बहादुर राईअध्यक्ष२०५१ ।१० ।५२०५८ ।०७ ।१८
१५श्री योगेन्द्रनाथ ओझाअध्यक्ष२०५८।९।२३२०६१।६ ।३०
१६श्री तीर्थमान शाक्यअध्यक्ष२०६१ ।९ ।२६२०६५ ।१२ ।९
१७डा.कयोदेवी यमीकार्यवाहक अध्यक्ष२०६५ ।१२ ।१०
डा.कयोदेवी यमीअध्यक्ष२०७० ।१ ।२२२०७१
१८श्री उमेशप्रसाद मैनालीअध्यक्ष२०७१/१२/११२०७७/१२/११
१९श्री माधवप्रसाद रेग्मीअध्यक्ष२०७८ ।३ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठगौतम बुद्धविशेष:Searchबागमती प्रदेशनेपालको सर्वोच्च अदालतप्रतिनिधि सभा (नेपाल)कोशी प्रदेशमारी अँतवानेतनेपालका प्रदेशहरूप्रतिनिधि सभा निर्वाचन, २०७९विशेष:RecentChangesलक्ष्मीप्रसाद देवकोटाउखान-टुक्कालुम्बिनी प्रदेशनेपालका स्थानीय तहहरूSpecial:Searchनेपाली शब्दकोशनेपालको संविधान २०७२पृथ्वीनारायण शाहगण्डकी प्रदेशलोकतन्त्रबुद्ध पूर्णिमानेपालको सङ्घीय संसदनेपालनेपालको भूगोलदिगो विकासभानुभक्त आचार्यसन्दुक रुइतसमाजशिक्षासङ्घीयताध्रुवचन्द्र गौतमनेपालको इतिहासस्थानीय तहमधेश प्रदेशगणतन्त्र दिवस (नेपाल)नेपालका जातिहरूस्वामी प्रपन्नाचार्यलागु पदार्थ