स्वतन्त्र मजदुर पार्टी

स्वतन्त्र मजदुर पार्टी बेलायतमा एउटा राजनीतिक दल थियो। पार्टी "नयाँ ट्रेड-युनियनहरूका" नेताहरूद्वारा सन् १८९३ म हड्ताल आन्दोलनको सक्रियता एवं पुँजीजीवी पार्टीहरूबाट इंगल्यण्डको मजदुरवर्गको मुक्ति आन्दोलनको तीव्रताको वातावरणमा स्थापित गरिएको सुधारवादी संगठित। स्वतन्त्र मजदुर पार्टीमा "नयाँ ट्रेड-युनियनहरू" तथा कतिपय पुराना ट्रेड-युनियनहरूका सदस्यहरू, फेबियनवादीहरूको प्रभावमा परेका बुद्धिजीवीहरू एवं निम्न-पुँजीजीवीहरूका प्रतिनिधिहरू पनि सामेल भएका थिए। केयरु हार्डी र रामसेइ माक्डोनाल्ड यस पार्टीको नेतृत्व थिए। स्वतन्त्र मजदुर पार्टीले आफ्नो स्थापनाकालदेखि नै पुँजीजीवी-सुधारवादी स्थिति अपनायो र संघर्षका संसदीय रूपहरू तथा उदारवादी पार्टीहरूसँग संसदीय साँठगाँठमा मुख्यतः ध्यान दियो। स्वतन्त्र मजदुर पार्टीको मूल्याङ्कन गर्दै लेनिनले के लेख्नुभएको थियो भने "यथार्थतः यो सदैव नै पुँजीजीवीवर्गमाथि भर पर्ने अवसरवादी पार्टी हो।" प्रथम विश्वयुद्धको सुरुमा स्वतन्त्र मजदुर पार्टीले युद्धको विरोधमा घोषणा जारी गर्‍यो। तर छिट्टै नै त्यो सामाजिक-अन्धराष्ट्रवादी स्थिति अँगाल्न पुग्यो।[१]

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८३
🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)