रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको तेस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिका(पोखरा महानगर पालिकामा गाभिएर हाल अस्तित्वमा नरहेको)को कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ । [१]

रुपा ताल
नजिकैको पहाडबाट देखिएको रुपा ताल
रहेको स्थानकास्की जिल्ला
भौगोलिक निर्देशांक२८°८′५५″उ॰ ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°E / 28.14861; 84.11111निर्देशाङ्कहरू: २८°८′५५″उ॰ ८४°६′४०″पू॰ / २८.१४८६१°N ८४.१११११°E / 28.14861; 84.11111
प्रकारसफा पानी
अन्तर्वाहतालबेसी खोला & दोभान खोला
बहिर्वाहताल खोला
सिंचित क्षेत्रफल३० किमी (११.६ वर्ग माइल)
सिंचित क्षेत्रनेपाल
सतहको क्षेत्रफल१.३५ किमी (०.५ वर्ग माइल)
अधिक गहिराई६ मी (२० फिट)
पानीको आयतन०.००३२५ किमी3 (०.०००७८ घन माइल)
सतहको उचाई६०० मी
जम्नेनजम्ने
बसोबासपोखरा महानगर पालीका


तालको अर्थव्यवस्था सम्पादन गर्नुहोस्

रुपा ताल पोखराको एक प्रमुख पर्यटकिय आकर्षणको गन्तब्य हो । यो तालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि नौका बिहारको रोमाञ्चक अवसर पाउन सकिन्छ । यस तालमा रुपाताल मत्स्य सहकारी संस्थाको अधिनमा रहेर ब्यवसायीक माछा पालन गरिएको छ । साथै कुनाकानीमा स्थानिय द्वारा निश्चित सर्थको परिधिमा रहेर निजि स्तरमा पनि केज(जाली) बनाएर माछा पालन पनि गरिन्छ ।

यस तालमा सबै भन्दा धेरै टिलापिया माछा पाइन्छ, जुन नेपालको रैथाने जाती भने हैेन । यहाँ पाइने माछाहरु रहु, नैनी, भाकुर, सहर, बिग हेड, हिलेमाछा आदी हुन । पोखराका अन्य ताल भन्दा रुपालतको पानी चिसो भएकाले यहाँका माछा मिठा मानिन्छन् । पोखरामा रुपालात भन्दा बाहेक पनि अरु ८ वटा तालहरू रहेका छन् । ति ताल मध्य सबै भन्दा धेरै चरा पाइने यही ताल हो । चला अबलोकनार्थ सबै भन्दा सहज यही ताल रहेको छ ।

अन्य आकर्षणहरू सम्पादन गर्नुहोस्

बेगनास ताल

रूपा बेगनास भ्यू टावर

पचभैया देउराली मन्दिर

माझी कुना

बेगनास योगा एण्ड रिट्रट

शुन्दरि डाँडा

गोरनाथ मन्दिर

पोखरा चिडियाखाना तथा बन्य जन्तु उद्वार केन्द्र

बेगनास ठुलाकोट

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपालपशुपतिनाथ मन्दिरनेपालको भूगोलगौतम बुद्धनेपालको संविधान २०७२नेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपालको इतिहासनेपालका राष्ट्रिय विभूतिहरूविशेष:RecentChangesनेपालका स्थानीय तहहरूSpecial:Searchबागमती प्रदेशस्वयम्भूनाथउच्च अदालतबालश्रमकोशी प्रदेशसयौँ थुङ्गा फूलका हामीनेपालका जातिहरूगण्डकी प्रदेशलुम्बिनी प्रदेशसमाजपञ्चैबाजानेपाल स्काउटहिन्दु धर्मनेपाली भाषाउखान-टुक्काजलवायु परिवर्तनलागु पदार्थविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रधानमन्त्रीहरूको सूचीपारिजात (साहित्यकार)