प्रदिप पौडेल

नेपालका राजनीतिज्ञ

प्रदिप पौडेल (अङ्ग्रेजी: Pradip Paudel) एक नेपाली राजनीतिज्ञ तथा नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन्। नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा उनी सर्वाधिक ५ मत ल्याई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।[१] उनले आफ्नो राजनीतिक करियर नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट सुरु गरेका थिए। सन् २०१४ सेप्टेम्बर १७ मा सुशील कोइरालाबाट नियुक्ति स्वीकार गर्दै उनी नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्य भएका हुन्।[२]

प्रदिप पौडेल
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

पौडेलले आफ्नो राजनीतिक जीवन अमृत क्याम्पस बाट नेपाल विद्यार्थी सङ्घ नेताका रूपमा सुरु गरेका थिए। उनी सन् १९९६ मा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए। सन् २००० देखि २००२ सम्म पौडेलले नेपाल विद्यार्थी सङ्घ को केन्द्रीय समितिमा काम गरेका थिए। उनी सन् २००२ र २००७ को बीचमा तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष थिए, त्यसपछि उनले सन् २००७ देखि सन् २०१२ सम्म नेपाल विद्यार्थी सङ्घ को अध्यक्षको रूपमा काम गरेका थिए।[३]

पौडेल तनहुँ–२ (क) बाट गण्डकी प्रदेश सभाका प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए। उनी नेकपा (माके)की आशा कोइरालासँग पाँच मतले हारेपछि चुनावमा धाँधली भएको दाबी गर्दै नतीजाको विरोध गरेका थिए।[४] उनले केपी शर्मा ओली सरकारको अलोकतान्त्रिक अभ्यास र व्याप्त भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरूमा अग्रपङ्क्तिमा रहेका थिए।[५] पौडेल कांग्रेसका युवा नेता गगन थापा र पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नेपालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका प्रमुख युवा व्यक्तित्व थिए।[स्रोत नखुलेको]

निर्वाचन इतिहास सम्पादन गर्नुहोस्

गण्डकी प्रदेश प्रदेशसभा निर्वाचन, २०७४, तनहुँ २ (क) सम्पादन गर्नुहोस्

राजनीतिक दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)आशा कोइराला१६,६४६
नेपाली कांग्रेसप्रदिप पौडेल१६,६४१
नेकपा (माले)शोभा थापा मगर१,०३९
अन्य१,३९५
अमान्य मत१,३५७
नतीजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

प्रतिनिधि सभा २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेस)का उम्मेदवार प्रदीप पौडेल काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ५ बाट १५२३७मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[६] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ईश्वर पोखरेलले १०१७५मत प्राप्त गरेका थिए।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepali Congress", www.nepalicongress.org, अन्तिम पहुँच २०२१-११-१५ 
  2. "Youthpoliticsnepal.org", youthpoliticsnepal.org, अन्तिम पहुँच २०२१-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-१३ मिति
  3. "नेविसंघको ४८ वर्ष ११ महाधिवेशन, १८ सभापति", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१५ 
  4. "NC's Paudel moves SC, demanding election re-run", माई रिपब्लिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१५ 
  5. "NSU defies govt orders, protests at Maitighar", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१५ 
  6. "काठमाडौं : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५ 
  7. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५ 
🔥 Top keywords: गणतन्त्र दिवस (नेपाल)गणतन्त्रमुख्य पृष्ठविशेष:Searchनेपालको इतिहासलक्ष्मीप्रसाद देवकोटागौतम बुद्धलोकतन्त्रSpecial:Searchबागमती प्रदेशनेपालको सर्वोच्च अदालतनेपालसन्दुक रुइतकोशी प्रदेशनेपालको जनआन्दोलन २०६३नेपालका प्रदेशहरूविशेष:RecentChangesपृथ्वीनारायण शाहभानुभक्त आचार्यअर्थ मन्त्रालय (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोलनेपालको संविधान २०७२नेपालको बजेट भाषणनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशमहिनावारीमारी अँतवानेतनेपालको पहिलो संविधान सभाजलवायु परिवर्तनसङ्घीयतासमाजराष्ट्रिय अनुसन्धान विभागगणतन्त्र दिवस (भारत)छुवाछुतनेपाली भाषासयौँ थुङ्गा फूलका हामी