नेपाल सङ्घीय समाजवादी पार्टी

नेपाल सङ्घीय समाजवादी पार्टी २०७३ पुष २ गते, मोहम्मद रिजवान अन्सारीद्वारा गठन भएको एक राजनीति दल हो।[१]

नेपाल सङ्घीय समाजवादी पार्टी
सभापतिमोहम्मद रिजवान अन्सारी
स्थापना१७ डिसेम्बर २०१६ (७ वर्ष पहिले) (२०१६-१२-17)
टुक्रिएकोसङ्घीय समाजवादी फोरम, नेपाल
प्रमुख कार्यालयबबरमहल काठमाडौँ, नेपाल
विचारधारासमाजवाद
दलित अधिकार
अल्पसङ्ख्यकको अधिकार
जातीय सङ्घीयता
राजनीतिक स्थानमध्य-वाम
प्रदेश सभामा सिट
१ / १०७
(मधेश प्रदेश)
निर्वाचन चिह्न
राजनीतिक दलको झन्डा
वेबसाइट
nepalnfsp.org

इतिहास सम्पादन गर्नुहोस्

पृष्ठभूमि सम्पादन गर्नुहोस्

मोहम्मद रिजवान अन्सारी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बाट अलग भएपछि अशोककुमार राईले स्थापना गरेको सङ्घीय समाजवादी पार्टीका सदस्य थिए।[२] सङ्घीय समाजवादी पार्टी अन्ततः मधेसी जनअधिकार फोरम, नेपाल नेतृत्वको उपेन्द्र यादव र खस समावेशी पार्टीसँग मिलेर सङ्घीय समाजवादी फोरम, नेपाल गठन गरेका थिए। अन्सारी अन्ततः २०७२ माघ २१ मा सङ्घीय नव विचार समूह) गठन गर्न पार्टीबाट छुट्टिएका थिए।[१] सङ्घीय नव विचार समूह २०७३ पुष २ मा नेपाल सङ्घीय समाजवादी पार्टी बनेको थियो। २०७४ असोज २४ मा, सामयुक्त जातीय मुक्ती मोर्चा, मुलवासी मुक्ती पार्टी, राष्ट्रिय संयुक्ति पार्टी, किराँत जनवादी मजदुर पार्टी, नेपाल श्रमिक शक्ति पार्टी, सामाजिक गणतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, राष्ट्रिय जनविकास पार्टी, दलित मुस्लिम श्रामिक दल, दलित अधिकार अभियन, गण्डकी, धौलागिरी, लुम्बिनी र संयुक्त दलित अधिकार मञ्च लगायतका ११ अन्य दलहरू यस पार्टीसँग गाभिएका थिए।[३][४]

निर्वाचन सम्पादन गर्नुहोस्

२०७४ को प्रतिनिधि सभाप्रदेश सभा निर्वाचनमा समानुपातिक प्रतिनिधित्व मार्फत मधेश प्रदेश को प्रदेशसभा तर्फ एक सिटमा दल विजयी भएको थियो।[५][६]

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

निर्वाचननेतामतसिटस्थानगठित सरकार
#%#+/-
२०७४मोहम्मद रिजवान अन्सारी३६,०१५०.३८
० / २७५
१३औँनेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र)

विभिन्न प्रदेशमा उपस्थिति सम्पादन गर्नुहोस्

प्रदेशसिटनिर्वाचन वर्ष
प्रदेश नंं. २
१ / १०७
२०७४

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सङ्घीय समाजवादी फोरम, नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ ""नेपाल संघीय समाजवादी पार्टी" घोषणा", मधेस वाणी (नेपालीमा), अन्तिम पहुँच २०१८-०५-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२४ मिति
  2. "Rizwan Ansari forms separate group - The Himalayan Times", द हिमालयन टाइम्स (अङ्ग्रेजीमा), २०१६-०२-०४, अन्तिम पहुँच २०१८-०५-२३ 
  3. "संघीय समाजवादी पार्टीमा ११ राजनीतिक दल समाहित", KathmanduToday.com (en-USमा), अन्तिम पहुँच २०१८-०५-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०५-२४ मिति
  4. "हजारौ कार्यकर्ताका बीच "नेपाल सङ्घीय समाजवादी पार्टी"को घोषणा भएको छ"काठमाडौँ टुडे (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  5. "Provincial PR seat allocation to parties complete", द हिमालयन टाइम्स (en-USमा), २०१७-१२-२२, अन्तिम पहुँच २०१८-०५-२३ 
  6. "कुन प्रदेशमा कसको नेतृत्व ?"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२