नेपालका जातिहरू

नेपालका जातिहरू

नेपालका जातिहरूको विभाजन भाषा, जातिय पहिचान तथा जातिप्रथाबाट भएको हो। हरेक जातिहरूमा विवाहवारी आफ्नै जातिमा हुने गर्छ। हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता रहने गर्छ। आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ले "आदिवासी/जनजाति" भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएकोे जाति वा समुदाय भनी परिभाषित गरेको छ।

मगर, नेपालको बहुसङ्ख्यक जनजाति
मैथिल, तराईको बहुसङ्ख्यक भाषिक जाति समुह
दनुवार जातिका बच्चाहरू, एक लोपोन्मुख भाषिक जाति
नेपालको जातिय नक्सा

संख्याको आधारमा सूची: सम्पादन गर्नुहोस्

२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२५ जातिहरू रहेको छ।[१] बाह्रौँ राष्ट्रिय जनगणना २०७८ ले थप १७ जाति पहिचान गरी जातिहरू १४२ पुगेको छ।

‍‍२०६८ को राष्ट्रिय जनगणना अनुसार सम्पादन गर्नुहोस्

सं. नं.जातिहरूजनसङ्ख्याप्रतिशत
1क्षेत्री4,398,05316.60%
2पहाडी ब्राह्मण/बाहुन3,226,90312.18%
3मगर1,887,7337.12%
4थारू1,737,4706.57%
5तामाङ1,539,8305.81%
6नेवार1,321,9334.99%
7कामी1,258,5544.75%
8नेपाली मुसलमान (एक जातिका रूपमा लिइएको)1,164,2554.39%
9यादव1,054,4583.98%
10राई जाति620,0042.34%
11गुरूङ522,6411.97%
12दमाइ/ढोली472,8621.78%
13ठकुरी425,6231.61%
14लिम्बु387,3001.46%
15सार्की374,8161.41%
16तेली369,6881.40%
17चमार/हरिजन/राम335,8931.27%
18कोईरी/कुशवाहा306,3931.16%
19मुसहर234,4900.89%
20कुर्मी231,1290.87%
21सन्यासी/दशनामी227,8220.86%
22धानुक219,8080.83%
23दुसाध/पासवान/पासी208,9100.79%
123राउटे6180.00%
124नुराङ2780.00%
125कुसुण्डा2730.00%
-अन्य नछुट्टिएको तथा विदेशी282,3211.07%
-जम्मा26,494,504100.00%

२०७८ को राष्ट्रिय जनगणना अनुसार सम्पादन गर्नुहोस्

राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजातिः १४२, मातृभाषाः १२४ र धर्मको सङ्ख्या र १० कायम गरेको छ।[२] १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको सङ्ख्या न्यून भएकाले थप एक नयाँ भाषा लाई ‘अन्य भाषा’ मा राखिइ १२४ वटा मातृभाषा कायम गरिएको थियो। नेपाली मातृभाषी कुल सङ्ख्या एक करोड ३० लाख ८४ हजार ४५७ (४४.८६ प्रतिशत) पछि मैथिली (११.०५ प्रतिशत), भोजपुरी (६.२४ प्रतिशत), थारू (५.८८ प्रतिशत), तामाङ  (४.८८ प्रतिशत), बज्जिका (३.८९ प्रतिशत), अवधी (२.९६ प्रतिशत) र नेपालभाषा (२.९६ प्रतिशत) रहेका छन्। साथै हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका नेपालका धर्म रहेका छन्।[२]

गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था भएअनुसार ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोकिएको छ।[३] यस अनुसार मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ।

तस्वीर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal Census 2011" 
  2. २.० २.१ "जातजाति र मातृभाषा बढे, धर्म यथावत्", GorakhaPatra, अन्तिम पहुँच २०२४-०२-१८ 
  3. "११५ जाति अल्पसङ्ख्यकको सूचीमा", GorakhaPatra, अन्तिम पहुँच २०२४-०२-१८ 
🔥 Top keywords: गणतन्त्र दिवस (नेपाल)गणतन्त्रमुख्य पृष्ठविशेष:Searchनेपालको इतिहासलक्ष्मीप्रसाद देवकोटागौतम बुद्धलोकतन्त्रSpecial:Searchबागमती प्रदेशनेपालको सर्वोच्च अदालतनेपालसन्दुक रुइतकोशी प्रदेशनेपालको जनआन्दोलन २०६३नेपालका प्रदेशहरूविशेष:RecentChangesपृथ्वीनारायण शाहभानुभक्त आचार्यअर्थ मन्त्रालय (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोलनेपालको संविधान २०७२नेपालको बजेट भाषणनेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरनेपाली शब्दकोशमहिनावारीमारी अँतवानेतनेपालको पहिलो संविधान सभाजलवायु परिवर्तनसङ्घीयतासमाजराष्ट्रिय अनुसन्धान विभागगणतन्त्र दिवस (भारत)छुवाछुतनेपाली भाषासयौँ थुङ्गा फूलका हामी