डेभिड बेक्ह्याम

इङ्गल्याण्डका फुटबल खेलाडी

डेभिड बेक्ह्याम (पुरा नाम: डेभिड रोबर्ट जोसेफ बेक्ह्याम) इङ्ल्यान्डको राष्टिय फुट्बल टिमका भुतपुर्व खेलाडी र कप्तान हुन । उनले म्यानचेष्टर युनाइटेड,प्रेस्ट नर्थ इन्ड,रियल म्याड्रिड,लस ऐन्जलस ग्यालेक्सी ,एसि मिलान , पेरिस सेन्ट जर्मन क्लब र इङ्ल्यान्डको राष्टिय टिममा खेल खेलि अरु खेलाडीका लागि उदाहरणिय बने । उनी पहिलो ब्रिटिस् खेलाडी पनि हुन जसले चार ओटा देशमा लिग उपाधि जित्न सफल भए । बेक्ह्यामले सन् २०१२ -२०१३ को लिगको अन्त्यतिर सन्यास लिने घोषणा गरे । उनले आफ्नो अन्तिम खेल जर्मन क्लब पेरिस सेन्ट जर्मनबाट १६मे २०१३ र १८ मे २०१३ मा खेलि आफ्नो व्यावसायिक फुटबल छोड्न पुगे ।

डेभिड बेक्ह्याम
व्यक्तिगत जानकारी
पुरा नामडेभिड रोबर्ट जोसेफ बेक्ह्याम
उचाइ६ फिट ० इन्च (१.८३ मी)[१]
खेल्ने स्थान(हरू)दायाँ-मध्यपंक्ति
बीच-मध्यपंक्ति
युवा करियर
ब्रिम्सडाउन रोवर्स
१९८७–१९९१टोटेनह्याम हट्स्पर
१९९१–१९९३म्यानचेस्टर युनाइटेड
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९९३–२००३म्यानचेस्टर युनाइटेड२५६(६२)
१९९५प्रेस्टन नर्थ इन्ड (ऋणमा)(२)
२००३–२००७रियल म्याड्रिड११६(१३)
२००७–लस एन्जलस ग्यालेक्सी५१(९)
२००९एसी मिलान (ऋणमा)१८(२)
२०१०एसी मिलान (ऋणमा)११(०)
२०१३पेरिस सेन्ट जर्मेन१०(०)
अन्तर्राष्ट्रिय करियर
१९९२–१९९३इङ्ल्यान्ड यू-१८(०)
१९९४-१९९६इङ्ल्यान्ड यू-२१(०)
१९९६–२००९इङ्ल्यान्ड११५(१७)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २६ मार्च २०११
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ नोबेम्बर २००९

बेक्ह्यामले व्यावसायिक फुटबलको सुरुवात म्यानचेष्टर युनाइटेडबाट गरे जहाँ १७ वर्षको उमेरमा उनले म्यानचेष्टर युनाइटेडबाट १९९२ मा पहिलो खेल खेले । उनले म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिगको उपाधि ६ पटक जिते, एफ ए कप दुई पटक र सन् १९९९ मा युइएफए च्यान्पियन्स लिगको उपाधि पनि हात पारे । त्यसपछि उनले रियल म्याड्रिडबाट चार सिजन खेले । रियल म्याड्रिडसँगको अन्तिम सिजनमा बेक्ह्यामले ला लिगा च्याम्पियन्स पनि हात पारे । जुन २००७ मा बेक्ह्यामले लस एन्जलस ग्यालेक्सि क्लबको पाँच वर्षे करारमा हस्ताक्षर गरे । बेक्ह्याम लस एन्जलस ग्यालेक्सि क्लबमा नै कार्यरत हुँदा ऋणका रूपमा एसि मिलानका लागि २००९ र २०१० मा खेलहरु खेल्न पुगे । खेलहरु खेल्ने क्रममा उनी च्यानपियन्स लिगको १०० खेल खेल्ने पहिलो ब्रिटिस् खेलाडि बने ।

अन्तराष्ट्रिय खेलमा बेक्ह्यामले इङ्गलयाण्डबाट पहिलो खेल १ सेप्टेम्बर १९९६ मा २१ वर्षको उमेरमा खेले । जब उनी इङ्ल्यान्डको टिम क्यापटेनका रूपमा ६वर्ष रहे तब बेक्ह्यामले ५८ खेल खेलेका थिए । बेक्ह्यामले इङ्ल्यान्डबाट जम्मा ११५ खेल खेलेका थिए ।

बेक्ह्याम दुइ पटक FIFA world player of the year का लागि छानिएको भए पनि player of the year भने हुन सकेनन् । २००४ मा भएको फिफाको १०० औ वार्षिकोत्सब समारोहमा उनको नाम शिर्ष १२५ सर्वश्रेष्ठ जिवित खेलाडिको सुचिमा पर्न पुग्यो । २००४ मा नै बेक्ह्याम विश्वको सबैभन्दा धेरै तलब लिने खेलाडि बने । त्यसपछि २००७ मा लस एन्जलस ग्यालेक्सिबाट मेजर लिग सकरको इतिहासमा सबभन्दा धेरै तलब लिने खेलाडि बने ।

बेक्ह्याम सन् १९९९ मा भिक्टोरिया बेक्ह्यामसंग विवाह बन्धनमा बाँधिए । हालसम्म बेक्ह्यामको ३ छोरा र १ कान्छी छोरी गरी ४ बच्चा छन् ।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "David Beckham Height, Weight, Age, Measurements, Net Worth", Celebrity Measurements, अन्तिम पहुँच २०१५-१०-०४ 



🔥 Top keywords: