गोवर्धन पूजा

गोवर्धन पूजा हिन्दुहरूको एउटा प्रमुख पर्व हो । हिन्दू पौराणिक कथन अणुसार गोवर्धन गोकुल नजीकै रहेको एक पर्वत हो । विश्वासानुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी, दाउरा इत्यादी दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हुने कुरा राख्छन् र सवैजना त्यसै गर्न राजी हुन्छन् । गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन गोरूको पनि पूजा गरिन्छ । यो तिहारको तेस्रो/चौथो दिन यो चाड पर्दछ । यस पर्वलाई गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा पनि भनिन्छ ।

गोवर्धन पूजा
गोवर्धन पर्वत
अनुयायीहिन्दु
प्रकारहिन्दु, नेपाली तथा भारतीय
प्रारम्भकार्तिक शुक्ल प्रतिपदा
मितिKartik Shukla Paksha
आवृत्तिannual
सम्बन्धिततिहार
गोवर्धन पूजा

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "२०१३ हिन्दू पर्वहरु", drikpanchang.com, अन्तिम पहुँच १९ जनवरी २०१३ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchनेपालको सर्वोच्च अदालतनेपाल स्काउटपृथ्वीनारायण शाहभानुभक्त आचार्यSpecial:Searchनेपालको भूगोलनेपालका प्रदेशहरूसन्दुक रुइतनेपाली शब्दकोशगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूनिर्जला एकादशीनेपालको संविधान २०७२नेपालपशुपतिनाथ मन्दिरविशेष:RecentChangesनेपालका जातिहरूबागमती प्रदेशघनश्याम न्यौपानेनेपालको इतिहासनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनकोत पर्वविश्वेश्वरप्रसाद कोइरालादोस्रो विश्व युद्धउखान-टुक्कापृथ्वीलुम्बिनी प्रदेशसमाजगोपालप्रसाद रिमालचाडपर्वनेपाली भाषानेपालका संवैधानिक निकायहरूप्रतिनिधि सभा (नेपाल)कोशी प्रदेशबाल विवाह