कैलाश सत्यार्थी

कैलाश सत्यार्थी (जन्म: ११ जनवरी १९५४) भारतको एउटा बाल अधिकार कार्यकर्ता हुन् जसलाई सन् २०१४ मा शान्तिको लागि नोबेल पुरस्कार ले सम्मानित गरिएको छ। उनी बाल श्रम विरुद्ध भारतीय अभियानमा १९९० को दसक देखि नै सक्रिय रहेका छन्। उनी द्वारा सञ्चालित सङ्गठनको नाम हो - बचपन बचाओ आन्दोलन। यस सङ्गठनले लगभग ८० हजार बाल श्रमिकहरूलाई मुक्त गराएका छन् र तिनको पुनर्वास तथा शिक्षाको व्यवस्थामा सहायता गरेका छन्। उनी सँगै पाकिस्तानका बाल अधिकारको लागि सक्रिय रहेका मलाला युसफजईलाई पनि २०१४ को शान्ति पुरस्कार प्रदान गरिएको छ।यो पुरस्कार उनलाई बच्चाहरू तथा युवाहरूको दमनको बिरुद्ध कार्य गरेकोले तथा सबैको शिक्षाको अधिकारको लागि सङ्घर्ष गर्नका लागि दिइएको हो।[४]

कैलाश सत्यार्थी
कैलाश सत्यार्थी
जन्म (1954-01-11) ११ जनवरी १९५४ (उमेर ७०)
विदिशा, मध्य प्रदेश, भारत
राष्ट्रियताभारतीय
शिक्षासम्राट अशोक प्राविधिक संस्थान, विदिशा[१]
पेशाबाल अधिकार कार्यकर्ता, प्रारम्भिक बाल शिक्षा कार्यकर्ता, पूर्व इलेक्ट्रोनिक इन्जिनियर[२]
चिनारीको कारणसक्रियतावाद
धर्महिन्दु
पुरस्काररोबर्ट एफ केनेडी मानव अधिकार पुरस्कार
इटाली सिनेटको पदक
अल्फोन्सो कमिन अन्तर्राष्ट्रिय पुरस्कार
अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, जर्मनी
लोकतन्त्र रक्षक पुरस्कार
२०१४ नोबेल शान्ति पुरस्कार[३]
वेबसाइटkailashsatyarthi.net

भारतको मध्य प्रदेशको विदिशामा जन्म लिएका कैलाश सत्यार्थी 'बचपन बचाओ आन्दोलन' चलाउछन्। उनी पेशाले इलेक्ट्रोनिक इन्जिनियर हुन् तर उनी २६ वर्षको उमेरमै उनले आफ्नो क्यारियरलाई त्यागेर बच्चाको लागि काम गर्न सुरु गरेका थिए। हाल उनी 'ग्लोबल मार्च अगेन्स्ट चाइल्ड लेबर' (बाल श्रमको बिरुद्ध विश्वव्यापी अभियान) का अध्यक्ष पनि हुन्।[५]

  1. TNN (२०१४-१०-१०), "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच २०१४-१०-१० 
  2. TNN, "'Who is Kailash Satyarthi?'", द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच २०१४-१०-१० 
  3. kailashsatyarthi.net, "'Brief Profile - Kailash Satyarthi'", अन्तिम पहुँच २०१४-१०-१० 
  4. कैलाश सत्यार्थीलाई चिन्नुहोस्
  5. कैलाश सत्यार्थी

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद