प्रयोजनवाद

प्रयोजनवाद अङ्ग्रेजी शब्द Pragmatism को नेपाली रुप हो । Pragmatism शब्द ग्रीक शब्द Pragma बाट आएको हो । यसको अर्थ गरिएको कार्य (Work done), प्रभावपूर्ण कार्य (Effective action), अभ्यास र कार्य (Practical or use and deed) भन्ने हुन्छ । मुलतः जीवनका व्यवहारिकताहरूमा जोड दिने सिद्धान्त नै प्रयोजनवाद हो । प्रयोजनवादको जन्मदाता विलियम जेम्स हुन् । प्रयोजनवादको विकासमा जोन डिवे, चाल्स पेयर, स्किलर, डब्लु एच पेट्रिक जस्ता दार्शनिकहरुको ठूलो योगदाग रहेको छ । प्रयोजनवादले कुनै पनि कुरा, बस्तु वा विचार आदिलाई सोझै स्विकार नगरी त्यसलाई अभ्यासद्वारा व्यवहारमा लागु गर्दछ । प्रयोजनवादीहरू विशेषतः अभ्यास र व्यवहारमा विश्वास गर्दछन् । प्रयोजनवादीहरू कल्पना, विचार, आदर्श, आत्मा, अमरता, ईश्वरीय शक्तिलाई अस्वीकार गर्दछन् ।

🔥 Top keywords: मुख्य पृष्ठगौतम बुद्धराष्ट्रिय अनुसन्धान विभागनेपालको सर्वोच्च अदालतविशेष:Searchबागमती प्रदेशसमय क्षेत्रगणतन्त्र दिवस (नेपाल)विशेष:RecentChangesनेपालका प्रदेशहरूनेपालको भूगोलगणतन्त्रलक्ष्मीप्रसाद देवकोटानेपालकोशी प्रदेशपृथ्वीनारायण शाहऔद्योगिक क्रान्तिविशेष:MyTalkलुम्बिनी प्रदेशउखान-टुक्कासयौँ थुङ्गा फूलका हामीविशेष:MyContributionsनेपालको संविधान २०७२दिगो विकासSpecial:Searchबुद्ध पूर्णिमाशिक्षापशुपतिनाथ मन्दिरराष्ट्रिय सभा (नेपाल)नेपालका जातिहरूनेपालको इतिहासलोकतन्त्रनेपालका स्थानीय तहहरूलागु पदार्थभानुभक्त आचार्यनेपालको अर्थतन्त्रजलवायु परिवर्तनसामाजिक सञ्जालकान्तिपुर दैनिक