मेन्सेविकहरू

मेन्सेविकहरू - रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा। सन् १९०३मा सम्पन्न भएको रुसी सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित। पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए। मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे। सन् १९०५-१९०७को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे। जनवरी १९१२मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो। सन् १९१७मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे।[१]

मेन्सेविकहरूको नेताहरू, १९१७ मे, स्टोकहोल्म, स्विडेनमा
  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ९९-१००
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटासुमन पोखरेलविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यपशुपतिनाथ मन्दिरलुम्बिनी प्रदेशनेपाली शब्दकोशगौतम बुद्धनेपालनेपालका प्रदेशहरूनेपाली राष्ट्रिय क्रिकेट टोलीसन्दुक रुइतनेपालको भूगोलविशेष:RecentChangesनेपालको संविधान २०७२दोस्रो विश्व युद्धबागमती प्रदेशअनुराधा कोइरालामगर जातिSpecial:Searchसमाजपृथ्वीकोशी प्रदेशजलवायु परिवर्तन२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपालका स्थानीय तहहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालका जातिहरूपारिजात (साहित्यकार)नेपाली भाषाविकिपिडिया:अपलोडविकिपिडिया:सामान्य अस्वीकारोक्तिझमक घिमिरेनेपालमा बोलिने भाषाहरूनेपाल स्काउटगण्डकी प्रदेश