मानुएल नोयर

जर्मनेली फुटबल खेलाडी

मानुएल नोयर (जन्म २७ मार्च १९८६) जर्मन फुटबलर हुन् । उनी बायर्न म्युनिखका गोलरक्षक हुन् । स्वीपर रक्षक को छवी बनाएका नोयर आफ्नो उत्कृष्ट गोलरक्षण र बलमाथी द्रुत प्रतिक्रिया जनाउन खप्पिस मानिन्छन् ।[१][२][३]

मानुएल नोयर
नोयर २०१८ मा
व्यक्तिगत जानकारी
पुरा नामम्यानुअल पिटर नोयर
उचाइ१.९३ मी
खेल्ने स्थान(हरू)गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या
युवा करियर
१९९१-२००५साल्के ०४
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००४-२००६साल्के ०४ बी२९(०)
२००६-२०११साल्के ०४१५६(०)
२०११-बायर्न म्युनिख२१६(०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब जीवन सम्पादन गर्नुहोस्

जर्मनीको गेल्सेनकीर्चनमा जन्मिएका नोयरले साल्के ०४ को युवा टोलीबाट ५ वर्षको कलिलो उमेरदेखि नै खेल्न थालेका थिए । १९ अगष्ट २००६ मा उनले बुन्डेस लिगामा डेब्यु गरे । उनलाई फ्रयाङ्क रोष्टलाई उछिन्दै साल्के ०४ को नियमित गोलकिपर बन्न समय लागेन । १ जुन २०११ मा साल्केबाट नोयरलाई बायर्न म्युनिखमा स्थानान्तरण गरियो । नोयरले बायर्नसँग €१८ मिलियनमा गरेको नयाँ करार ५ वर्षको लागि थियो । उनी २०१६ सम्म बायर्नमा रहने छन् ।

अन्तराष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

नोयरले दुई विश्वकप(२०१० र २०१४) र युरो २०१२ गरी तीन प्रमुख प्रतियोगितामा राष्ट्रिय टोलीको झण्डा फहराएका छन् । २०१४ फिफा विश्वकपमा नोयरले विश्वस्तरिय गोल रक्षण गरेका थिए र पुरा प्रतियोगिताभरी विपक्षीलाई ४ गोल मात्र गर्न दिए । जर्मनीले विश्वकप ट्रफी उचाल्दा उनी प्रमुख सदस्य थिए।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनी पुर्व जर्मन गोलकिपर जेन्स लेहमानलाई आफ्नो आइडल मान्छन् । नयर क्याथोलिक हुन् । क्याथरिन गिल्चसँगको उनको सम्बन्ध २०१४ मा तोडिएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Manuel Neuer", ESPN FC, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  2. Early, Ken (८ जुलाई २०१४), "Manuel Neuer cleans up by being more than a sweeper", Irish Times, अन्तिम पहुँच ११ जुलाई २०१४ 
  3. Dawson, Alan (९ जुलाई २०१४), "Michael Owen: Manuel Neuer is best in his position", HITC Sport, अन्तिम पहुँच ११ जुलाई २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार